मंगलबार, कार्तिक १८ गते २०८३
images
images

स्थगित भयो माओवादी केन्द्रको काठमाडौं केन्द्रित प्रदर्शन

एक्सप्रेस पाना
कार्तिक २०, २०८० सोमबार
  • 218
    SHARES
  • स्थगित भयो माओवादी केन्द्रको काठमाडौं केन्द्रित प्रदर्शन

    काठमाडौं । नेकपा माओवादी केन्द्रले गणतन्त्र र संघीयता विरोधीहरूको विरुद्ध २२ मंसिरका लागि घोषणा गरेको काठमाडौंको जनप्रदर्शन स्थगित गरेको छ।

    images

    भूकम्पका कारण काठमाडौंमा हुने भनिएको जन प्रदर्शन स्थगित भएको माओवादी केन्द्रले जनाएको छ।

    सरकारको नेतृत्व गरेर सडक आन्दोलन घोषणा गरेकोमा आलोचना भइरहेका बेला माओवादीले भूकम्पलगायत कारण तत्कालका लागि सो कार्यक्रम स्थगित गरेको हो।

    images

    काठमाडौं बाहेक अन्य स्थानमा भने प्रदर्शन यथावत रहेको माओवादी प्रवक्ता अग्नि सापकोटाले बताएका छन्। सापकोटाले वडा र स्थानीय तहका कार्यक्रम भने यथावत रहने बताए।