मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आरती साहको परिवारलाई न्यायको माग गर्दै आजपा पनि धर्ना बस्दै

एक्सप्रेस पाना
कार्तिक २०, २०८० सोमबार
  • 364
    SHARES
  • आरती साहको परिवारलाई न्यायको माग गर्दै आजपा पनि धर्ना बस्दै

    काठमाडौं । आम जनता पार्टी (आजपा)ले आरती साहको परिवारलाई न्याय दिनका लागि सरकारसंग माग गरेको छ।

    images

    साहको हत्या प्रकरणमा उनको परिवार विगत १४४ दिनदेखी काठमाडौंको माईतिघरमा न्यायको माग गर्दै आन्दोलन गरिरहेको छ। साहको परिवारलाई न्याय दिलाउँनका लागि आजपाले सडक संघर्षका कार्यक्रम समेत घोषणा गरेको छ। 

    न्यायको माग गर्दै निरन्तर संघर्ष गरिरहेको आरती साहको परिवारलाई गत २७ असोजमा अनामनगर प्रहरी बृतका प्रहरीले अभद्र व्यवहारका साथै गालीगलौज तथा लछारपछाड गरेपछि आजपाले त्यसको विरोध गरेको छ। 

    images

    गत २४ असोजमा राती १० बजेको समयमा चार जनाको अज्ञात समूहले आन्दोलनरत साहको परिवारमाथि संघातिक आक्रमण गरेको थियो। प्रहरीले ति आपराधिलाई कारवाही गर्नुको साटो उल्टै संघर्षरत साहको परिवारलाई नै अभद्र व्यवहार, गालीगलौज एवं लछारपछाड गरेपछि आजपा प्रवक्ता चन्द्रभुषण साहले विरोध गरेका छन्। 

    ‘अहिले हाम्रो महान चाडपर्वहरुको समयमा पीडितलाई न्याय दिलाउनुको सट्टा उल्टै काठमाडौंको कठंग्रीदो जाडोमा खुल्ला आकाशमुनि शान्तिपूर्ण धारणामा रहेका पीडित परिवारमाथि यहीँ असोज २४ गते करीब १०ः०० बजे रात्रिको समयमा चार जनाको अज्ञात समुहले गरेको संघातिक हमला र त्यसको छानबीन गरी दोषी उपर कार्यवाहीको सट्टा पीडित परिवारलाई नै यहीँ असोज २७ गते विहान ८ः०० बजेतिर अभद्र गालीगलौज एवं लछारपछाड गर्दै अनामनगर प्रहरी वृत्तले गरेको अमानवीय एवं अवैधानिक हिरासतको हर्कत जस्ता विभिन्न श्रंखलाबद्ध घटनाक्रमले यस विषयमा राज्य कति संवेदनहीन, उदाशीन एवं गैरजिम्मेवार रहेको कुरा प्रष्ट भएको छ’ साहद्धारा जारी विज्ञप्तीमा उल्लेख छ। 

    यस्ता मानव अधिकार र कानुनी शासनको खिल्ली÷धज्जिया उडाउने हर्कतहरुप्रति आजपाले कडा शब्दमा गम्भीर आपत्ति एवं घोर भत्र्सना गर्दै तत्काल वार्ता र संवादमार्फत पीडित पक्षको न्यायिक मागहरुलाई तत्काल यथाशीघ्र सम्बोधन गर्न नेपाल सरकार सहित सबै सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराएको छ। 

    आजपाले आन्दोलनरत साहको परिवारको आन्दोलनप्रति यस अघि नै ऐक्यबद्धता जनाएको छ। आजपा अध्यक्ष प्रभु साहले उनको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै माईतिघरमै पुगेर भेटेका थिए। साथै आजपा अध्यक्ष एवं पूर्वमन्त्री साहले संसदमा यस बिषयमा पटक पटक आवाज उठाउँदै आएका छन्। 

    ‘धनुषाकी आरती साहको हत्या प्रकरणमा विगत १४४ दिनदेखि अनवरत न्यायको पर्खाईमा देशको संघीय राजधानीको मुटु माईतीघरमा संघर्षरत पीडित परिवारको आन्दोलनप्रति हाम्रो प्रारम्भिक समयदेखि नै सडकदेखि सदनसम्म नैतिक एवं भौतिक साथ–सहयोग र ऐक्यबद्धता रहदै आएको विषय जगजाहेर नै छ’ आजपाले जनाएको छ। 

    आजपाले साह परिवारको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै माईतिघरमा पुगेर उनीहरुसंगै धर्ना बस्नेछ। आजपाका केन्द्रीय सदस्य एवं कार्यालय सचिव बालकृष्ण सापकोटाले २२ कातिक (बुधबार) पार्टीका अध्यक्ष प्रभु साहको नेतृत्वमा माईतिघरमा पुगेर उनीहरुसंगै धर्ना बस्ने कार्यक्रम रहेको बताए। 

    यसैगरी २३ कातिकमा मानव अधिकार आयोग पुगेर आजपाले ध्यानाकर्षण पत्र बुझाउँने कार्यक्रम पनि रहेको केन्द्रीय सदस्य सापकोटाले बताए।