सोमबार, कार्तिक १७ गते २०८३
images
images

दोहोरो अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
कार्तिक २०, २०८० सोमबार
  • 281
    SHARES
  • दोहोरो अंकले बढ्यो सेयर बजार

    काठमाडौं । केही दिनयता लगातार ओरालो लाग्दै आएको सेयर बजार सोमबार भने दोहोरो अंकले बढेको छ। 

    images

    गत साताको मंगलबारदेखि निरन्तर ओरालो लागिरहेको सेयर बजार सोमबार २१.३० अंकले बढेर १८४७.५४ विन्दुमा पुगेको छ।

    पछिल्ला चार कारोबार दिनमा ५२.४४ अंक घटेको थियो। तर, सोमबार भने बढेको सेयर बजारमा सेन्सेटिभ इण्डेक्स ३.८३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९६ प्रतिशत बढेको छ।

    images

    सोमबार २८३ स्टकको ४७ हजार २३१ पटकको कारोबारमा ९३ करोड ८९ लाख २९ हजार रुपैयाँ बराबरको ३५ लाख ५५ हजार ६७० कित्ता सेयर किनबेच भएको छ।