एजेन्सी । आज बिहान अस्ट्रेलियामा ६ रेक्टरको भूकम्प गएको छ । बिहान स्थानीय समयअनुसार ९ बजेर १५ मिनेटमा मेलबर्ननजिकैको म्यान्सफिल्डलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
अस्ट्रेलियामा यो हालसम्मकै ठूलो भूकम्पमध्येको एक हो । यसअघि सन् १९८९ मा न्युक्यासलमा ५ दशमलव ६ रेक्टरको भूकम्प गएको थियो । भूकम्पको धक्का सयौँ किलोमिटर टाढाका सिड्नी, एडलेइडलगायत सहरसम्म पनि महसुस गरिएको बिबिसीले जनाएको छ । केही भवनमा क्षति पुगे पनि अहिलेसम्म मानवीय क्षति नभएको बताइएको छ ।
अमेरिका भ्रमणमा रहेका अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले भूकम्पबाट खासै क्षति नपुगेको बताए ।
.jpg)


