काठमाडौं । न्यायको माग गर्दै काठमाडौंको माइतीघरमा संघर्ष गर्दै आएकी धनुषाको आरती साहको परिवारलाई सरकारले वार्तामा बोलाएको छ।
सोमबार गृहमन्त्रालयले संघर्षरत साहको परिवारलाई वार्तामा आउँनु आग्रह गरेको हो। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको तर्फबाट उनका स्वकीय सचिव बिजय गौतमले मन्त्रालयको पत्र लिएर धर्ना स्थल माइतीघरमा सोमबार राती पुगेका छन्।
आम जनता पार्टी (आजपा)का केन्द्रीय सदस्य बालकृष्ण सापकोटा र कार्यालय सचिव एवं महिला नेतृ रन्जु साहको विशेष पहलमा वार्ता एवं संवादको शुरुवात भएको हो। आजपाका केन्द्रीय सदस्य सापकोटा, साह सोमबार नै गृहमन्त्री श्रेष्ठसंग भेटेर साहको परिवारलाई न्याय दिनुपर्ने बिषयमा ध्यानाकर्षण गराएका थिए।
आजपाले आन्दोलनरत साहको परिवारको आन्दोलनप्रति यस अघि नै ऐक्यबद्धता जनाएको छ। आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले उनको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै माईतिघरमै पुगेर भेटेका थिए। साथै आजपा अध्यक्ष साहले संसदमा यस बिषयमा पटक-पटक आवाज उठाउँदै आएका छन्।
आरती साहको हत्या प्रकरणमा उनको परिवार विगत १४४ दिनदेखी काठमाडौंको माईतिघरमा न्यायको माग गर्दै संघर्ष गर्दै आएको छ। साहको परिवारलाई न्याय दिलाउँनका लागि आजपाले सडक संघर्षका कार्यक्रम समेत घोषणा गरेको छ।
आजपाले साहको परिवारको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै माईतिघरमा पुगेर उनीहरुसंगै धर्ना बस्ने निर्णय सोमबार नै सार्वजनिक भएको थियो। आजपाका केन्द्रीय सदस्य एवं कार्यालय सचिव बालकृष्ण सापकोटाले २२ कातिक (बुधबार) पार्टीका अध्यक्ष प्रभु साहको नेतृत्वमा माईतिघरमा पुगेर उनीहरुसंगै धर्ना बस्ने कार्यक्रम रहेको बताए।
यसैगरी २३ कातिकमा मानव अधिकार आयोग पुगेर आजपाले ध्यानाकर्षण पत्र बुझाउँने कार्यक्रम पनि रहेको केन्द्रीय सदस्य सापकोटाले बताए।
.jpg)


