मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रमा जाँदै

एक्सप्रेस पाना
कार्तिक २१, २०८० मंगलबार
  • 249
    SHARES
  • राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रमा जाँदै

    राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान भूकम्प प्रभावित क्षेत्रमा जाँदै छन्। 

    images

    गत शुक्रबार राति जाजरकोट केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति गरेको छ। 

    राष्ट्रपति पौडेल आज जाजरकोट र रुकुम पश्चिम जाने भएका हुन्। भूकम्पकै कारण उनले पूर्वनिर्धारित युरोप भ्रमणसमेत स्थगित गरेका थिए। जाजरकोट भूकम्पमा परी हालसम्म १५३ जनाको मृत्यु भएको पुष्टि भइसेको छ।

    images

    तीन सयभन्दा धेरै घाइते छन्। घाइतेहरूको जिल्लाका अस्पताल, सुर्खेत, नेपालगञ्ज र काठमाडौंमा उपचार भइरहेको छ। भूकम्प गएपछि सुरुमा बचाउमा केन्द्रित भएको राहत तथा उद्धार टोली अब राहत वितरणमा केन्द्रित भएको छ।