सोमबार, कार्तिक १७ गते २०८३
images
images

कुमारी बैंकको चाडपर्व योजना, पहिलो ५० जनालाई २५ प्रतिशत क्यास ब्याक

एक्सप्रेस पाना
कार्तिक २१, २०८० मंगलबार
  • 295
    SHARES
  • कुमारी बैंकको चाडपर्व योजना, पहिलो ५० जनालाई २५ प्रतिशत क्यास ब्याक

    कुमारी बैंकले नेपालीहरूको चाड तिहार र छठलाई लक्षित गर्दै हर्षोल्लासका साथ आकर्षक ‘क्यास ब्याक अफर’ योजना सार्वजनिक गरेको छ ।     

    images

    बैंकले ल्याएको उक्त ‘क्यास ब्याक अफर’ योजनामा हरेक दिन पहिलो ५० जनालाई मोबाइल बैंकिङमार्फत क्यूआर र पहिलो ५० जनालाई कार्डबाट भुक्तानी कारोबार गर्दा बैंकद्वारा २५ प्रतिशत अर्थात् अधिकतम ५०१ रुपैयाँसम्म क्यास ब्याक दिइन जनाएकोे छ ।

    क्यास ब्याक रकम पीओएस, क्यूआर पेमेन्ट तथा अनलाइन पेमेन्टबाट गरिने कारोबारमा प्रदान गरिने बैंकले जनाएको छ । 

    images

    चाडबाडको यस अवसरमा कुमारी बैंकले नेपाली समुदायको खुसीमा साथ दिन तथा डिजिटल कारोबारमा बानी बसाल्न यस्तो योजना ल्याएको हो । यो योजना यही कात्तिक २६ देखि मंसिर ३ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।

     

  • सम्बन्धित विषय:

  • # कुमारी बैंक