आइतबार, कार्तिक १६ गते २०८३
images
images

 प्राधिकरणद्वारा भूकम्पपीडितका लागि एक करोड प्रदान

एक्सप्रेस पाना
कार्तिक २२, २०८० बुधबार
  • 271
    SHARES
  •  प्राधिकरणद्वारा भूकम्पपीडितका लागि एक करोड प्रदान

    काठमाडौँक । जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरुको उद्धार एवम् राहतका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले घोषणा गरेबमोजिमको एक करोडको चेक आज हस्तान्तरण गरेको छ ।

    images

    प्राधिकरणका महानिर्देशक प्रदीपकुमार अधिकारीलगायत कर्मचारी बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आज बिहान उक्त रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि हस्तान्तरण गर्नुभएको जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले दिए । 

    जाजरकोट केन्द्रविन्दु भएर गत शुक्रबार गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममामा गरी एक सय ५३ जनाको मृत्यु भएको छभने दुई सय ५० भन्दा बढी घाइते भएका छन् ।

    images

    घाइते तथा स्थानीय पीडितका लागि विभिन्न सरकारी निकाय एवं सङ्घसंस्थाले सहयोग उपलब्ध गराउने क्रम जारी रहेको छ ।

  • सम्बन्धित विषय:

  • # नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)