आइतबार, कार्तिक १६ गते २०८३
images
images

माओवादीको स्थायी कमिटी बैठक बस्दै, आज मन्त्रीको नाम टुंगो लगाउने

एक्सप्रेस पाना
आश्विन ६, २०७८ बुधबार
  • 488
    SHARES
  • माओवादीको स्थायी कमिटी बैठक बस्दै, आज मन्त्रीको नाम टुंगो लगाउने

    असोज ६ काठमाडौं । सत्ता गठबन्धन नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटीको बैठक बोलाएको छ । बैठक आज (बुधबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाका बस्ने छ ।

    images

    बैठकमा मन्त्री छनोट गर्ने विषयमा छलफल हुने बताइएको छ । पाँच दलिया गठबन्धनबाट देउवा नेतृत्वमा सरकार बनेको दुई महिना बढी भइसक्दा पनि अझै मन्त्रीपरिषद् विस्तार हुन सकेको छैन ।

    प्रधामन्त्री देउवाले पटकपटक मन्त्रीको नामावाली बुझाउन आग्रह गर्दै आए पनि दलहरुले अहिलेसम्म पठाउन सकेको छैन । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा आ-आफ्ना पार्टीमा छलफल गरेर मन्त्रीको नाम पठाउने सहमति भएको थियो ।

    images

    त्यही अनुसार माओवादीको बैठक बस्न लागेको हो । कांग्रेसले पनि आज दिउँसो ३ बजे नै पदाधिकारी बैठक डाकेको छ । कांग्रेले पनि मन्त्री छनोट गर्ने विषयमा छलफल हुने बताएको छ ।