सोमबार, कार्तिक १७ गते २०८३
images
images

सेयर बजार सामान्य अंकले बढ्यो

एक्सप्रेस पाना
कार्तिक २२, २०८० बुधबार
  • 261
    SHARES
  • सेयर बजार सामान्य अंकले बढ्यो

    काठमाडौं । सेयर बजार सामान्य अंकले बढेको छ। बुधबार नेप्से परिसूचक ५.१७ अंक बढेर १८६३.९४ विन्दुमा पुगेको छ। 

    images

    सेन्सेटिभ इण्डेक्स ०.२१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंक बढेको छ।

    २८८ स्टकको ३० हजार ३६४ पटकको कारोबारमा ७८ करोड २७ लाख ४३ हजार २६४ रुपैयाँ बराबरको ३१ लाख ५७ हजार ६२ कित्ता सेयर किनबेच भएको छ । 

    images

    ग्लोबल आइएमई लघुवित्तको सेयरमूल्य सर्वाधिक ८.०७ प्रतिशत बढ्दा पिपुल्स हाइड्रोपावर कम्पनी र नेपाल एसबिआई बैंकको सेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। 

    १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। बाँकी १ उपसमूहको परिसूचक स्थिर रहेको छ।