मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सरकारलाई सचेत गराउदै युवा संघद्वारा भुकम्प पीडितलाई राहत प्रदान

एक्सप्रेस पाना
कार्तिक २५, २०८० शनिबार
  • 282
    SHARES
  • सरकारलाई सचेत गराउदै युवा संघद्वारा भुकम्प पीडितलाई राहत प्रदान

    काठमाडौं । सत्तारूढ घटक नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले भुकम्प पीडितहरुका लागि जम्मा गरेका राहत समाग्रीहरु जाजरकोट जिल्ला प्रशासनलाई बुझाएका छन्।

    images

    संघका संयोजक कृष्ण विश्वकर्मा नेतृत्वको टोलिले राहत सामग्रीहरु जाजरकोटमा पुगि हस्तान्तरण गरेका हुन।

    संयोजक विश्वकर्माले १४ लाख बराबरको जन-सहायता सामाग्रीहरु हस्तान्तरण गरेको तर त्यहाको अपुरणीय जनधनको क्षतिको अगाडी यो ठुलो योगदान नभएको बताउदै, सरकारको गंभिर ध्यानाकर्षण गराएका छन्। चिसो वढ्दै छ,अव पनी विलम्व गर्दा अझै धेरै मानवीय क्षती हुनसक्छ। आफ्नो सर्वस्व गुमाएका जनताको अव केवल राज्य वाकी छ, राज्यले त्यही किसीमको अभिभावकत्व निभाउन सक्नुपर्छ भनि सचेत गराएका छन्। 

    images

    युवा संघले मङ्सिर पहिलो हप्ता वाट भुकम्प प्रभावित क्षेत्रमा श्रम अभियान संचालन गर्ने बताउदै, यो राजनैतिक स्टन्ट नभई, सचेत मानविय दायित्व भएको नेता विश्वकर्माले बताए।