काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुन तोलामा एक हजार रुपैयाँ घटेको हो।
आज छापावाल सुन तोलाको एक लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि शुक्रबार सुन तोलाको एक लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजाबी सुन तोलामा एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी चाँदीको मूल्य शुक्रबारको तुलनामा तोलामा २० रुपैयाँले घटेको छ। आज चाँदी तोलाको एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
.jpg)


