काठमाडौं । साताको तेस्रो कारोबारको दिन आज सोमबार खुलेको सेयर बजार सामान्य अंकले बढेको छ। सेयर बजार १.३९ अंकले बढेर १८५३.४९ बिन्दुमा पुगेर बन्द भएको छ।
सोमबार ११९ वटा कम्पनी उकालो लाग्दा ११३ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ वटाको स्थिर रह्यो।
सोमबार ३३ लाख १९ हजार ५५८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९ करोड ९३ लाख १८ हजार २९ रुपैयाँको कारोबार भएको छ।
.jpg)


