काठमाडौँ । साताको पाँचौ दिन आज (बिहिवार) नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको मूल्य स्थिर कायम रहेको जनाएको छ।
महासङ्घले आजको मूल्य सूची तय गर्दै सुनको मूल्य स्थिर रहेको जनाएको हो। यससँगै, आज हिजोकै मूल्यमा सुनको कारोबार भइरहेको छ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ५०० रुपैयाँ तोकिएको छ। यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ९५० रुपैयाँ छ । हिजो समेत यही मूल्यमा सुनको कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घले आज चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ कायम भएको जनाएको छ। हिजो चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँ थियो । आज १० रुपैयाँले घटेर कारोबारमा आएको हो।
.jpg)


