सोमबार, कार्तिक १७ गते २०८३
images
images

९ अंकले बढेर सेयर बजार बन्द

एक्सप्रेस पाना
मंसिर ७, २०८० बिहीबार
  • 252
    SHARES
  • ९ अंकले बढेर सेयर बजार बन्द

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से सूचक ९ अंकले बढेर बन्द भएको छ। अघिल्लो दिन २० अंकमाथिले बढेको नेप्से सूचक बिहीबार थप ९.८७ अंकले बढ्दै १८ सय ६०.२० अंकमा उक्लिएको हो। 

    images

    आज बैंकिङ, माइक्रोफाइनान्स र अन्य समूहको उपसूचक बाहेक १० वटा उपसूचक धनात्मक भएका छन्। जीवन बीमा समूहको उपसूचक आज सबैभन्दा उच्च ३.३७ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूहको उपसूचक १.८६ प्रतिशतले बढेको छ। 

    यस्तै, डेभलपमेन्ट बैंक समूहको उपसूचक १.७५ प्रतिशतले बढेको छ भने  फाइनान्स समूहको उपसूचक १.१४ प्रतिशतले र हाइड्रोपावर समूहको उपसूचक १.०९ प्रतिशतले बढेको छ । बाँकी अरु समूहको उपसूचक १ प्रतिशत कमले बढेका छन्। 

    images

    यता बैंकिङ, माइक्रोफाइनान्स र अन्य समूहको उपसूचक भने क्रमशः ०.७२ प्रतिशतले, ०.२८ प्रतिशतले र ०.१० प्रतिशतले घट्न पुगेका छन्। 

    झण्डै १० अंकले नेप्से बढेको यस दिन १ अर्ब ३४ करोड ८३ लाख रुपैयाँ बराबरको ४४ लाख २० कित्ता सेयर किनबेच भएको छ। अघिल्लो दिन २०.६७ अंकले नेप्से बढेको बजारमा १ अर्ब ८ करोड ७० लाख रुपैयाँ बराबरको ४२ लाख १३ हजार कित्ता सेयर किनबेच भएको थियो।