सोमबार, कार्तिक १७ गते २०८३
images
images

घट्यो सूनको मूल्य

एक्सप्रेस पाना
मंसिर ८, २०८० शुक्रबार
  • 229
    SHARES
  • घट्यो सूनको मूल्य

    काठमाडौँ । साताको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ। 

    images

    अघिल्लो दिन प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले घटेर १ लाख १६ हजार ३ सय रुपैयाँ कायम भएको हो। 

    यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा २ सय रुपैयाँले नै घट्दै १ लाख १५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

    images

    यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले मात्रै बढ्दै १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।