मंगलबार, कार्तिक १८ गते २०८३
images
images

विपिन जोशीको रिहाइको पहल गरिदिन आग्रह

एक्सप्रेस पाना
मंसिर ८, २०८० शुक्रबार
  • 245
    SHARES
  • विपिन जोशीको रिहाइको पहल गरिदिन आग्रह

    काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखीबीच भेटवार्ता भएको छ।

    images

    दुईदिने औपचारिक भ्रमणमा विहिबार अपराह्न काठमाडौँ आइपुगेका कतारी विदेश राज्यमन्त्री मुरैखीले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री साउदसँग भेटवार्ता गरेका हुन्।

    भेटमा मन्त्री साउदले नेपाली विद्यार्थी विपिन जोशीलाई हमासको नियन्त्रणबाट रिहा गराउन पहल गरिदिन आग्रह गरेका थिए। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री मुरैखीले जोशीको रिहाइका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

    images

    इजरायल र हमासबीच युद्ध विराम गर्न कतारले मध्यस्थता गरिरहेकाले कतारले सकारात्मक भूमिका खेलेमा जोशीको रिहाइ हुनसक्ने देखिएको बेला कतारको यस्तो प्रतिबद्धता आएको हो।

    त्यस्तै भेटवार्तामा रोजगार, ब्यापार र लगानी गर्ने विषयमा छलफल भएको मन्त्रलायले जानकारी दिएको छ।  

    कतारी विदेश राज्यमन्त्री मुरैखीले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ भने आजै मुरैखीले परराष्ट्र सचिव पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनी आज नै स्वदेश प्रस्थान फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।