काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ। आइतबार ४७.७५ अंकले बढेको सेयर बजार १९०७.९५ विन्दुमा आएर बन्द भएको छ।
पछिल्लो समययता उत्तारचढाप आइरहेको सेयर बजारमा आइतबार कारोबार रकमले पनि कारोबारीलाई उत्साहित बनाएको छ। यसदिन २९४ कम्पनीको ६६ हजार ५१६ पटक कारोबार हुँदा ६५ लाख ३० हजार ६४३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १ करोड १७ लाख ६३ हजार ३५८ रुपैयाँको कारोबार भएको छ।
यसदिन २१४ वटा कम्पनीको सेयरमूल्य बढ्दा २३ वटाको ओरालो लागेको छ भने ३ वटाको स्थिर छ।
.jpg)


