सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनचाँदीको मूल्य स्थिर

एक्सप्रेस पाना
मंसिर १४, २०८० बिहीबार
  • 229
    SHARES
  • सुनचाँदीको मूल्य स्थिर

    काठमाडौं, मंसिर १४ । साताको चौथो कारोबारको दिन नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य स्थिर रहेको छ।

    images

    मंगलबार र बुधबार लगातार उकालो लागेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य बिहीबार भने स्थिर छ। 

    आज चौथो दिन सुन प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँ कायम  छ । यो मूल्य बुधबार कायम रेकर्डको स्थिर मूल्य हो।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

    बुधबार प्रतितोला १ हजार पाँच सय २० रूपैयाँमा किनबेच भएको चाँदीको आज पनि सोहि मूल्य कायम छ।