काठमाडौं, मंसिर १६ । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीको राष्ट्रिय भेला एवं प्रशिक्षण १४ पुसमा हुने भएको छ।
काठमाडौं स्थित केन्द्रीय कार्यालयमा आज बसेको आईटी आर्मीको बैठकले राष्ट्रिय भेला र प्रशिक्षण गर्ने निर्णय गरेको हो। आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहको अध्यक्षतामा बसेको बैठकमा आजपा अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साह लगायत नेताहरुको बिशेष सहभागिता रहेको थियो।
बैठकले सामाजिक न्याय र सुशासन सहित आम जनताको लोकतन्त्र प्राप्तिका लागी क्रियाशील आईटी आर्मीले संघर्षका बिभिन्न कार्यक्रम अगाडी बढाउँने निर्णय समेत गरेको छ।
वैदेशिक रोजगार पीडितको पक्षमा संघर्ष गर्ने, भ्रष्टाचारीहरुलाई जनकारवाही गर्ने, नेपाली नागरिकता परित्याग गरेका विदेशीहरुको सम्पत्ति कब्जा गरी सरकारलाई बुझाउँने लगायतका संघर्षका कार्यक्रमहरु अगाडि बढाउँने आईटी आर्मीका अध्यक्ष साहले जनाएका छन्।
यसैगरी आम विद्रोहको पक्षमा जनाधार तयार गर्न तथा राष्ट्रियताको प्रबद्र्धन तथा स्वाधीनताको रक्षार्थ शशक्त अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ। बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष प्रभु साहले देशमा बढदै गएको भ्रष्टाचार, अनियमितता, कुशासनका बिरुद्धमा कडा रुपमा उत्रिन आईटी आर्मीका नेताहरुलाई निर्देशन दिए।
सोही कार्यक्रमका बीच जनता दल केन्द्रीय कमिटीका सचिव तेजनारायण चौधरी, नवनिर्मित नेपाली चलचित्र ‘फिरौती’का निर्देशक रमेश मिजार, अन्य कलाकारका साथै अखिल क्रान्तिकारीका नेता अनिल यादव लागायतकाले आजपामा प्रवेश गरेका छन्। नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सबैलाई पार्टीमा सम्मानजनक जिम्मेवारी दिइने बताए।
.jpg)


