काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किदै छन्। युएईमा आयोजना भएको कोप- २८ मा सहभागी हुन गएका प्रधानमन्त्री आज साँझ स्वदेश फर्किने भएका हुन्।
कोप २८ मा प्रधानमन्त्री प्रचण्डले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेको बताउदै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए।
प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत बुधबार युएई प्रस्थान गरेका थिए।
.jpg)


