सोमबार, कार्तिक १७ गते २०८३
images
images

बढ्यो सुनको मूल्यो, बनायो नयाँ कीर्तिमान

एक्सप्रेस पाना
मंसिर १७, २०८० आइतबार
  • 193
    SHARES
  • बढ्यो सुनको मूल्यो, बनायो नयाँ कीर्तिमान

    काठमाडौँ । साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ लाख २० हजार ८०० रुपैयाँ कायम भएको जनाएको छ। 

    महासंघले आज ८०० रुपैयाँले बढ्दै सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको जानकारी दिएको हो।

    images

    अहिलेसम्म नेपाली बजारमा सुनको मूल्य यो उचाइमा पुगेको थिएन। गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम थियो। जुन, आज ८०० ले बढेर तोलामा १ लाख २० हजार ८०० पुगेको हो। यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख २० हजार २०० रुपैयाँ कायम छ।

    यस्तै, आज चाँदीको कारोबार मूल्य तोलामा १५ सय ४५ रुपैयाँ कायम भएको छ। यो गत शुक्रबारको तुलनामा ५ रुपैयाँले बढेको हो। शुक्रबार चाँदीको कारोबार मूल्य तोलामा १५ सय ४० रुपैयाँ कायम थियो।