मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आजपाले २० मंसिरमा मधेस प्रदेशको जनकपुरधाममा प्रदर्शन गर्ने

एक्सप्रेस पाना
मंसिर १८, २०८० सोमबार
  • 279
    SHARES
  • आजपाले २० मंसिरमा मधेस प्रदेशको जनकपुरधाममा प्रदर्शन गर्ने

    जनकपुरधाम, मंसिर १८ । आम जनता पार्टी (आजपा) ले बिभिन्न माग गर्दै २० मंसिरमा मधेस प्रदेशको जनकपुरधाममा प्रदर्शन गर्ने निर्णय गरेको छ। 

    images

    आजपा मधेस प्रदेश कमिटीको आज जनकपुरधाममा आज बसेको बैठकले प्रदर्शन गर्ने निर्णय गरेको आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन्। बैठकमा आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह सहितका नेताहरुको विशेष सहभागिता रहेको थियो। 

    आजपाले नेपालमा बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुबित र सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा गर्नुपर्ने तथा किसानहरुलाई सहुलियत कर्जा दिनुपर्ने माग गर्दै प्रदर्शन गर्न लागेको हो। 

    images

    यसैगरी आजपाले मधेसमा भईरहेको सरकारी योजना र बजेटको खरीद बिक्री जस्ता भ्रष्टाचारजन्य कार्य रोक्न भ्रष्टाचारीलाई जनकारवाही गर्ने अभियान समेत चलाउने निर्णय गरेकोछ।  

    मधेस प्रदेश सरकारमा सहभागि मन्त्री, सांसदहरुले सरकारी योजना र बजेटको खरिद बिक्री गर्दै भ्रष्टाचारलाई बढावा दिइरहेको सर्वसधारणले आरोप लगाउँदै आएका छन् । त्यसैले त्यस्ता भ्रष्टाचारीलाई जनकारवाही गर्नुपर्ने निर्णय समेत बैठकले गरेको बताइएको छ ।  

    आजपा महासचिव उपेन्द्र साहले पार्टीको हालै सम्पन्न स्थायी कमिटीको बैठक र प्रदेश कमिटीको बैठकको निर्णय अनुसार सर्वसधारणका मुद्धा सरकार समक्ष पुर्याउँनका लागि पार्टीले संघर्षका बिभिन्न कार्यक्रमहरु अगाडी बढाएको बताए। 

    आजपा अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहले बैठकलाई सम्बोधन गर्दै नेपालमा बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गराउँन अब सडक संघर्षको बिकल्प नभएको बताए। किसान, सर्वसधारणहरुले बैंकबाट ऋण पाउँन नसक्नु तर लुटेरा बर्गले सजिलै ऋण पाउँनुमा बैंकहरुको दोषी रहेको आरोप लगाए। 

    यसैगरी अध्यक्ष साहले लघुबित र सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा गर्नुपर्ने तथा किसानहरुलाई सहुलियत कर्जा दिनुपर्ने भन्दै भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही समातेर सरकारलाई बुझाउँनुपर्ने बताए। 

    मधेसमा भईरहेको सरकारी योजना र बजेटको खरीद बिक्री जस्ता भ्रष्टाचारजन्य कार्य रोक्न भ्रष्टाचारीलाई जनकारवाही गर्न उनले आह्वान समेत गरेका छन्। बैदेशिक रोजगार पीडितहरुको समस्या सम्बोधन एवं उनीहरुको मागलाई मध्यनजर गर्दै दलालहरुलाई अब जनताले नै जनकारवाही गर्नुपर्ने उनले बताए।