सोमबार, कार्तिक १७ गते २०८३
images
images

घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

एक्सप्रेस पाना
मंसिर २०, २०८० बुधबार
  • 283
    SHARES
  • घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौं, मंसिर २० । साताको चौथो कारोबारको दिन आज (बुधवार) सुनको मुल्य ८ सय रुपैयाँले घटेको छ। 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ८ सयले घटेर आज १ लाख १८ हजार ४ सय रुपैयाँमा महासंघले जानकारी दिएको छ। 

    यस्तै, हिजो मंगलबार सुनको मुल्य तोलामा २ हजार ४ सयले घटेर १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। 

    images

    यता, आज चाँदीको मुल्य पनि घटेको छ। हिजो तोलामा ४५ ले घटेर १ हजार ५ सयमा झरेको चाँदी आज २० रुपैयाँले घटेर १ हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।