मंगलबार, कार्तिक १८ गते २०८३
images
images

एनसेलको सेयर खरिद-बिक्रीबारे अध्ययन गर्न समिति गठन

एक्सप्रेस पाना
मंसिर २१, २०८० बिहीबार
  • 226
    SHARES
  • एनसेलको सेयर खरिद-बिक्रीबारे अध्ययन गर्न समिति गठन

    काठमाडौं, मंसिर २१ । सरकारले एनसेलको सेयर खरिद-बिक्रीबारे उठेका प्रश्नबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ। 

    images

    सिंहदरबारमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले ३० दिनभित्र प्रतिवेदन पेश गर्नेगरी उच्चस्तरीय छानबिन समिति गठन गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

    समितिको संयोजकमा पूर्व महालेखा परीक्षक टंकमणि शर्मा तथा सदस्यमा नेपाल सरकारका सचिव फणिन्द गौतम छन्। समितिका अन्य सदस्यमा सहसचिव बाबुराम भण्डारी, रितेश शाक्य तथा आइक्यानका अध्यक्ष सुजन काफ्ले रहेका छन्।  समितिले ३० दिनभित्र सरकारलाई सुझाव दिनेछ।

    images

    मलेसियन कम्पनी आजियाटाले आफ्नो ८० प्रतिशत सेयर बेलायतमा खडा गरिएको कम्पनीलाई बिक्री गरेको सन्दर्भमा सर्वत्र प्रश्न उठेको छ। प्रतिनिधि सभाको अर्थ र लेखा समितिले छानबिन गर्न सरकारलाई निर्देशन दिएका थिए।