मंगलबार, कार्तिक १८ गते २०८३
images
images

एमाले नेता नारायण पाण्डे आजपामा प्रवेश

एक्सप्रेस पाना
मंसिर २५, २०८० सोमबार
  • 347
    SHARES
  • एमाले नेता नारायण पाण्डे आजपामा प्रवेश

    काठमाडौं, मंसिर २५ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी नारायण पाण्डे आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन्। 

    images

    आजपाको आज बागमती प्रदेश कमिटीको बैठक चलिरहेका बेला एमाले नेता पाण्डले सो पार्टी परित्याग गरी आजपामा प्रवेश गरेका हुन्। आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेता पाण्डेलाई पार्टीमा स्वागत गर्दै सम्मानजनक जिम्मेवारी दिइने बताए। समृद्ध नेपाल निर्माण र संगठन निर्माणमा जुटन उनले आग्रह समेत गरेका छन्। 

    आजपा प्रवेश गरेका नेता पाण्डेले एमालेले हावादारी पार्टी भएको र त्यसका नेताहरु पनि हावादारी गफ मात्रै गर्ने गरेको आरोप लगाए। एमालेमा व्यक्ति हावी भएको र त्यहाँ विधान, नीति तथा आफ्नै निर्णय उल्लंघन गरी जनतालाई हावादारी गफले आजित बनाउँने काम मात्रै भएको उनले आरोप लगाएका छन्। 

    images

    रुपन्देही निवासी पाण्डे एमालेको जिल्ला कमिटी सदस्य रहेको जिम्मेवारीमा थिए। आजपा केन्द्रीय सदस्य एवं कार्यालय सचिव बालकृष्ण सापकोटाले पछिल्लो समय एमाले, कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरु परित्याग गरी आजपामा प्रवेश गर्नेको लहर चलेको बताए। 

    भर्खरै केही दिन अघि रौतहट, धनुषा, सिरहा लगायतका जिल्लामा बिभिन्न पार्टी परित्याग गरी आजपामा नेताहरु प्रवेश गरेका थिए। यस्तै काठमाडौंमा समेत केही दिन अघि बिभिन्न पार्टी परित्याग गरी नेताहरु आजपामा प्रवेश गरेको सापकोटाले बताए।