मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रधानमन्त्रीलाई बुझाइयो मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन

एक्सप्रेस पाना
मंसिर २६, २०८० मंगलबार
  • 180
    SHARES
  • प्रधानमन्त्रीलाई बुझाइयो मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित तीन सदस्यीय अनुचित लेनदेन ‘मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग’ ले आफ्नो प्रतिवेदन पेस गरेको छ। 

    images

    प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री दाहालले त्यसलाई तत्काल कार्यान्वयनका निम्ति उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरेका छन्।

    प्रतिवेदन अध्ययन गरेर त्यसलाई यथाशीघ्र कार्यान्वयन गर्ने मन्त्री श्रेष्ठले बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। 

    images