मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कमिशनको नाममा भईरहेको राजस्वको लुटधन्दा बन्द हुनुपर्छ-प्रभु साह

एक्सप्रेस पाना
मंसिर ३०, २०८० शनिबार
  • 275
    SHARES
  • कमिशनको नाममा भईरहेको राजस्वको लुटधन्दा बन्द हुनुपर्छ-प्रभु साह

    काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले कमिशनको नाममा भईरहेको राजस्वको लुटधन्दा बन्द हुनुपर्ने बताएका छन्। 

    images

    काठमाडौंको अनामनगरस्थित तमुबुद्ध सेवा समितिको सभाहलमा आजपा निकटको आम सम्पर्क मञ्चको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। मुलुकको हरेक क्षेत्रमा भ्रष्टाचार बढदै गएको बताउँदै उनले भ्रष्टाचार विरुद्ध हुने आन्दोलनमा सहभागि हुन आह्वान गरे। 

    सुराकीका नाममा भन्सार कार्यालयले दिने गरेको ४५ प्रतिशत कमिसनको व्यवस्था भन्सार नियमावलीबाट हटाउनु पर्ने उनले बताए। भन्सार कानुनमा रहेको ४५ प्रतिशत कमिसनको प्रावधान खारेजका लागि आजपाले आन्दोलन गर्दै आएको छ। भन्सार कानुनमा रहेको ४५ प्रतिशत सुराकी तथा कमिसनको लुटकारी व्यवस्थाका कारण हजारौं सर्वसाधारण अन्यायमा परिरहेको उल्लेख गर्दै यो व्यवस्था तत्काल हटाउन साहले जोड दिएका छन्।

    images

    यसैबीच आम सम्पर्क मञ्चको सो राष्ट्रिय भेलाले १ पुसदेखी भन्सार विभाग घेराउँ तथा धर्ना दिन निर्णय गरेको छ। भन्सार नियमावलीबाट ४५ प्रतिशत पुरस्कारको ब्यवस्था खारेजीको मागसहित १ पुसदेखी भन्सार विभाग घेराउँ तथा धर्ना दिने निर्णय भएको आजपा केन्द्रीय सदस्य एवं कार्यालय सचिव बालकृष्ण सापकोटाले बताए। 

    सम्पन्न सो भेलाले श्रीनारायण प्रसादको नेतृत्वमा ७५ सदस्यीय केन्द्रिय समिति एवं मधेश प्रदेश कमिटीको पदाधिकारी समेत घोषणा गरेको छ। 

    सोही कार्यक्रमका बीच नेकपा (एमाले) धादिङ जिल्लाकी नेतृ देवी पण्डित, नेपाली कांग्रेस सिरहा जिल्लाका नेता सत्यनारायण मण्डल लागायतका नेता कार्यकर्ताहरु आजपा प्रवेश गरेका छन्। नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई आजपा अध्यक्ष प्रभु साहले पार्टीमा स्वागत गर्दै अगामी राजनीतिक यात्राका लागि शुभकामना व्यक्त गरेका छन्।