मंगलबार, कार्तिक १८ गते २०८३
images
images

भन्सार विभाग घेर्न पुगेका आजपा आन्दोलनकारीमाथि प्रहरीले लाठीचार्ज गर्दा २ जना घाईते 

एक्सप्रेस पाना
पौष ५, २०८० बिहीबार
  • 280
    SHARES
  • भन्सार विभाग घेर्न पुगेका आजपा आन्दोलनकारीमाथि प्रहरीले लाठीचार्ज गर्दा २ जना घाईते 

    काठमाडौं, पुस ५ । आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले ‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजी’ गर्नुपर्ने लगायतका माग गर्दै काठमाडौंको त्रिपुरेश्वरमा रहेको भन्सार विभागमा धर्ना तथा घेराउ गर्दै आएकोमा आज प्रहरीले लाठीचार्ज गरेको छ। प्रहरीको लाठीचार्जबाट दुई जना आन्दोलनकारी घाईते भएका छन्। 

    images

    आफूहरुको शान्तिपूर्ण धर्ना तथा घेराउ कार्यक्रममा प्रहरीले अवरोध गर्न खोजेपछि झडपको अवस्था आएको हो। भन्सार विभागको मूल गेटसम्म पुग्न नदिई धर्ना कार्यक्रममा अवरोध गर्न खोजेपछि आन्दोलनकारी आक्रोशित बनेका थिए। शान्तिपूर्ण धर्नामा अवरोध गरेपछि प्रहरीका बिरुद्धमा उनीहरुले नारा समेत लगाए। 

    आजपा केन्द्रीय सदस्य एवं भन्सार कानून सुधार संघर्ष समितिका संयोजक रन्जुकुमारी साहले प्रहरीले आफूहरुको शान्तिपूर्ण आन्दोलनलाई दमन गर्न खोजेको आरोप लगाईन्। प्रहरीको लाठीचार्जबाट रञ्जुकुमार साह, शारदा साह घाईते भएका छन्। प्रहरीको लाठीचार्जले रञ्जुको खुट्टा, घाँटी र शारदाको नाक, हातमा चोट लागेको छ। 

    images

    आजपा स्थायी कमिटीका सदस्य रविन्द्र सिंहले आफूहरुको शान्तिपूर्ण आन्दोलन निरन्तर जारी रहने बताए। प्रहरीले शान्तिपूर्ण आन्दोलनमा अवरोध गर्न खोजेपछि आजको कार्यक्रममा झडपको अवस्था आएको बताउँदै उनले प्रहरीको चाठीचार्जबाट आन्दोलनकारी घाईते भएको बताए। 

    आफूहरुको चरणबद्ध आन्दोलन जारी नै रहेको भए पनि सरकारले माग सम्बोधनमा ढिलाई गरेको प्रति समितिका संयोजक साहले दुख व्यक्त गरेकी छन्। सरकारले आफूहरुको माग सम्बोधन गरेसम्म शान्तिपूर्ण आन्दोलन अगाडी बढीरहने उनले बताईन्। 

    भन्सारमा हुने गरेको लुट एवं भ्रष्टाचारको विरुद्ध बिभिन्न माग गर्दै भन्सार विभाग कार्यालयमा धर्ना तथा घेराउ हुदैआएको छ। कर कानुन, राजस्व कानुन र भन्सार कानुनमा एकरूपता ल्याउन भन्सार नियमावलीबाट व्यक्ति, सवारीसाधन एवं सम्पति जफत गर्ने प्रावधान हटाउँनुपर्ने माग आन्दोलनकारीको छ। 

    यसैगरी भन्सारबाट उठेको राजश्व रकमबाट २५ प्रतिशत रकम सम्बन्धित प्रदेशलाई र २० प्रतिशत रकम सम्बन्धित पालिकालाई दिने ब्यवस्था गर्नुपर्ने, घरायसी प्रयोजनको लागि ल्याईने बस्तुमा भन्सार कर लगाउँने व्यवस्थाको अन्त्य हुनुपर्ने माग उनीहरुले गरेका छन्। आजपा प्रवक्ता चन्द्रभुषण साहले आफूहरुको माग सम्बोधनमा ढिलाई भए यो भन्दा कडा आन्दोलनका कार्यक्रम ल्याउँने चेतावनी दिएका छन्। 

    आजपाले गत ३१ भदौमा भन्सार विभागका महानिर्देशक मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएर शुरू गरेको संघर्षको पहिलो चरण अंतर्रगत गत ३ असोजमा पत्रकार सम्मेलन, १८ असोजमा नियमावलीको गलत प्रवाधान जलाईंएको, १९ असोजमा तराई- मधेशका जिल्लाहरूको भन्सार कार्यालय घेराउ र असोज २१-२६ गतेसम्म भन्सार विभागमा धर्ना कार्यक्रम गरेको थियो। तर सरकारले आफ्नो मागको कूनै सुनवाई नगरेपछि बाध्य भएर पुनः थप संघर्षको कार्यक्रम अगाड़ी बढाउँनुपरेको आजपा केन्द्रीय सदस्य एवं कार्यालय सचिव बालकृष्ण सापकोटाले बताए।