असोज ७ बनेपा । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फासिस्टको संज्ञा दिएका छन् ।
माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)को भेलामा सहभागी हुन बिहीबार काभ्रे पुगेको अध्यक्ष प्रचण्डले ओलीलाई हरुवा, भगौडा र फासिस्टको संज्ञा दिएका हुन् ।
“केपी ओली विदेशीका दलाल, फासिस्ट र अहंकारी हुन्,” उनले भने, “उनी हिन्दु अतिवादीका अहंकारी र दलाल पनि हुन् ।” प्रचण्डले ओलीजस्तो अहंकारी, दम्भ भएको र फासिष्टलाई ७० प्रतिशत बहुमतले कारबाही गरेको भन्दै विदेशी षड्यन्त्रका कारण मात्र उनी कारबाहीबाट जोगिएको दाबी गरे ।
“केपी ओलीजस्तो मूर्ख र बुद्धिहीन मान्छे मैले देखेको छैन,” प्रचण्डले भने, “पार्टी एकता इमानदारीपूर्वक अघि बढाएको भए महान् नेता हुने बाटो आफ्नै बुद्धिले भाँडेको हो । विदेशी षड्यन्त्रसामु आत्मसमर्पण गरेर पार्टीलाई विसर्जन गरेको छ ।”
.jpg)


