काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी रहेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार शिर्ष नेताहरु संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुंगोमा पुर्याउन छलफलमा जुटेका हुन्।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनाउन थालिएको विधेयक संसदमा भए पनि प्रमुख दलहरूबीच सहमति हुन नसक्दा विधेयक अगाडी बढेको छैन।
.jpg)


