मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्ने

एक्सप्रेस पाना
पौष १३, २०८० शुक्रबार
  • 195
    SHARES
  • कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्ने

    काठमाडौं, पुस १३ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्नेछ्। हिजोदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक पौष १३ गते बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा जारी रहने भएको हो।

    images

    सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा बसिरहेको बैठकमा हिजो महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा प्रस्तावहरु प्रस्तुत गरेका थिए भने समुदायमा कांग्रेस अभियानको कार्ययोजनाका सम्बन्धमा महामन्त्री गगनकुमार थापाले र जाजरकोट भूकम्पका सम्बन्धमा सहमहामन्त्री जीवन परियारले बैठकमा जानकारी गराएका छन्।

    हिजोको बैठकमा केन्द्रीय सदस्यहरु दिलेन्द्रप्रसाद बडू, कृष्णचन्द्र नेपाली पोखरेल, दिपक गिरी, मीनबहादुर विश्वकर्मा, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, डा। डिला संग्रौला, कर्णबहादुर बुढा, राजीव कोइराला, नैनसिंह महर, मुक्ताकुमारी यादव, रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, भरतकुमार शाह, सीतादेवी देवकोटाले आ–आफ्नो धारणा राखिसकेका छन्।

    images

    आजको बैठकमा बाँकी केन्द्रिय सदस्यहरुले धारणा राख्नेछन्।