काठमाडौं, पुस १३ । सत्तारुढ घटक नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले बालकुमारीमा गोलि लागि मृत्यु भएको विषयलाई लिएर सरकारलाई ध्यानाकर्षण गराएका छन्।
संघका संयोजक कृष्ण विकले सामाजिक संजाल फेसबुक मार्फत उक्त घटनाको निन्दा गर्दै देशमा रोजगारी छैन, राज्य संचालकहरु देशलाई प्रयोगशाला बनाइ रहेको आरोप लगाएका छन्।
नेता बिकले आर्थिक अवस्था भयावह रहेकाले यो संकटको निकाश कसैसंग देखिदैन, यो सबै देखेर पुरापुर निराश वनेर एउटा मात्र वाटो देखेको गरिवको छोरा माथी गोली हानेर के वहादुरी प्रदर्शन गरेको हो सरकार भनि प्रश्न गर्दै यसको राम्रै मुल्य पर्ने चेतावनी दिएका छन्। उनले भने यो सरकारले युवाहरूलाई रोजगारी दिने हो गोली चलाउने हैन भनी चेतावनी दिएका हुन्।
.jpg)


