मंगलबार, कार्तिक १८ गते २०८३
images
images

नेकपा एमाले निकट युवा संघ दोलखाका युवा नेता राजीव श्रेष्ठ माओवादीमा प्रवेश

एक्सप्रेस पाना
पौष १३, २०८० शुक्रबार
  • 291
    SHARES
  • नेकपा एमाले निकट युवा संघ दोलखाका युवा नेता राजीव श्रेष्ठ माओवादीमा प्रवेश

    नेकपा एमाले निकट युवा संघ दोलखा नेता राजीव श्रेष्ठ नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन्।

    images

    युवा संघको तत्कालीन संगठन युथफोरका केन्द्रीय सदस्य श्रेष्ठ वाइसियल नेपाल, दोलखाको छैठौं जिल्ला भेलाको अवसरमा माओवादी केन्द्र प्रवेश गरेका हुन्। दोलखाका युवाहरु माझ लोकप्रिय श्रेष्ठलाई माओवादी केन्द्रका नेताहरु गंगा कार्की, विशाल खड्का, देवी खड्का, रामप्रसाद सापकोटा ‘दीपशिखा’ लगायतले अविर र खादा लगाएर स्वागत पार्टीमा स्वागत गरेका थिए।

    पार्टी प्रवेशपछि श्रेष्ठले एमाले झन् झन् प्रतिगामी कित्तामा फस्दै गएकोले आफु माओवादी नेतृत्वको सरकारले चालेको सुशासनको कदमबाट आकर्षित भएको बताए। दोलखा एमालेमा विकास भएको गुट, उपगुट र अन्तर्घातको शृंखलाले उक्त पार्टीमा युवाहरुको कुनै भविष्य नभएको उनले बताए।

    images

    साथै नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसियल नेपाल दोलखाको जिल्ला भेलाले विनोद लामाको संयोजकत्वमा ३७ सदस्यीय जिल्ला समिति चयन गरेको छ।

    सदरमुकाम चरिकोटमा आज सम्पन्न जिल्ला भेलाले वाइसियलको संयोजकमा विनोद लामा र सचिवमा दिपेन्द्र बुढाथोकीलाई सर्वसम्मत चयन गरेको हो। वाइसियल जिल्ला भेलाको उद्धघाटन नेकपा माओवादी केन्द्रका युवा नेता तथा वाईसियल ईन्चार्ज रामप्रसाद सापकोटा (दिपशिखा)ले गरेका थिए। भेलालाई नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभाका सांसद गंगा कार्की (विश्व), नेतृ देवी खड्का, जिल्ला इन्चार्ज बिशाल खड्का, केन्द्रिय सदस्य नरबहादुर पाख्रिन लगायतले सम्बोधन गरेका थिए।