असोज ७ नवलपुर । गत ५ गते सम्पन्न नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत ईन्दावती गाउँपालिका ३ को अधिवेशनबाट नवनिर्वाचित सभापति ,क्षेत्रीय प्रतिनिधि लगायत नेपाली कांग्रेस ३ नम्बर वडाको पहलमा पार्टीको वडा कार्यलय भवन निमार्ण हुने भएको छ । 
त्यस्तै उक्त भवन निमार्णको लागि सिन्धु काठमाडौं सम्पर्क समिति प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.२ का सभापति जुझारु युवा नेता सफल व्यावसायि उद्धव बानियाँ र नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.२ का युवा नेता अमेरिकी कुईनस कमिटी सदस्य समाज सेवी तथा क्षेत्रीय प्रतिनिधि श्री ज्ञानल थापाको विशेष पहल र नेपाली कांग्रेस ईन्दावती ३ को समन्वयमा नेपाली कांग्रेस पार्टी कार्यलयको भवन निर्माण हुने भएको छ । 
त्यस्तै गत ५ गते सम्पन्न वडा अधिवेशन वडा नं. ३ बाट खगेन्द्र बहादुर थापा वडा सभापतिमा सर्वसम्मत चयन हुनु भएको छ । उहाँले पार्टी कार्यलयको भवन निमार्णको लागि जग्गाको व्यवस्थापन आफूले गर्ने घोषणा गर्नु भएको छ । विगतमा पनि समाजसेवी कार्य गर्दै आउनु भएको उहाँले पार्टीमा गरेको योगदान र जनताको मन जितेको हुनाले आफू सर्वसम्मत वडा सभापति चयन भएको बताउनु भयो । त्यस्तै वडा अधिवेशनबाट नवनिर्वाचित सभापति लगायत सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरुले आ-आफ्नो क्षेत्रबाट अर्थिक रकम पनि उठाएका छन् । 
भवन निमार्णमा उठेको रकम : नवनिर्वाचित सभापति : खगेन्द्र बहादुर थापा जग्गा उपलब्ध गराउने , उद्धव बानियाँ - १ लाख ५० हजार ५५५ रुपैयाँ , ज्ञानल थापा - १ लाख ११ हजार १११ रुपैयाँ, भुपेन्द्र बहादुर थापा - ५५ हजार ५५५ रुपैयाँ ,तेज बानियाँ - २५ हजार १ रुपैयाँ, सुवास तिरुवा - २० हजार ५ रुपैयाँ, प्रदिप थापा - ५ हजार ५५५ रुपैयाँ 
१०३ वडा रहेको सिन्धुपाल्चोकमा कांग्रेसको वडा अधिवेशन तोकिएकै मितिमा सम्पन्न भएको छ । जिल्ला निर्वाचन समिति अधिकृत छविरमण निरौलाले सिन्धुपाल्चोकको अधिकांश वडामा सहमतिमै नेतृत्व चयनको बताउनुभएको छ ।
.jpg)


