आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रधानमन्त्री कप: उपाधिका लागि एपीएफ र कोशीको भिड्दै

एक्सप्रेस पाना
पौष १८, २०८० बुधबार
  • 413
    SHARES
  • प्रधानमन्त्री कप: उपाधिका लागि एपीएफ र कोशीको भिड्दै

    काठमाडौँ, पुस १८ । प्रधानमन्त्री कप राष्ट्रिय महिला टी २० प्रतियोगिताको फाइनलमा आज विभागीय टिम एपीएफ र कोशी प्रदेश भिड्ने भएका छन्। यो खेल आज टियु क्रिकेट मैदानमा बिहान ११ बजेदेखि शुरु हुँदै छ।

    images

    प्रतियोगितामा एपीएफ अपराजित हुदै फाइनलसम्म पुगेको थियो। लिग चरणमा सबै खेल जितेर शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेको एपीएफले कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै फाइनलमा पुगेको हो।

    त्यस्तै पहिलो क्वालिफायरमा पराजित भएर दोस्रो क्वालिफायर खेलेको कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो।

    images

    अब यस प्रतियोगितामा एपीएफ र कोशीबीच तेस्रो पटक भिडन्त हुँदै छ। यस अघिका दुवै भिडन्त एपीएफले जितेको थियो। लिग चरणमा एपीएफले ८ विकेटले कोशीलाई पराजित गरेको थियो। 

  • सम्बन्धित विषय:

  • # कोशी प्रदेश
  • # एपीएफ