मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राष्ट्रपति पौडेल गृहजिल्ला तनहुँमा

एक्सप्रेस पाना
पौष २०, २०८० शुक्रबार
  • 256
    SHARES
  • राष्ट्रपति पौडेल गृहजिल्ला तनहुँमा

    दमौली । राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँ आएका छन्। 

    images

    भानु नगरपालिका–७ स्थित पुर्कोट माध्यमिक विद्यालयको शत्वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन उनी यहाँ आएका हुन्।

    राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायतले स्वागत गरेका छन्। 

    images

    राष्ट्रपति पौडेल यसअघि गत असोज ६ गते पनि दमौली सभाहल उद्घाटनका लागि यहाँ आएका थिए।

    फाइल तस्बिर