आइतबार, कार्तिक १६ गते २०८३
images
images

आरतीको भिडियोमा कपीराइट लाग्ने सूचनामा संग्नता छैन-पशुपति क्षेत्र विकास कोष

एक्सप्रेस पाना
पौष २०, २०८० शुक्रबार
  • 346
    SHARES
  • आरतीको भिडियोमा कपीराइट लाग्ने सूचनामा संग्नता छैन-पशुपति क्षेत्र विकास कोष

    काठमाडौँ, पुस २० । पशुपति क्षेत्र विकास कोषले पशुपति आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियोमाथि कपीराइट लाग्ने सूचनामा संलग्नता नरहेको जनाएको छ।

    images

    पशुपति क्षेत्र विकास कोष र बुढासुब्वा डिजिटल प्रालिले एक सूचना निकाल्दै पशुपति क्षेत्रमा भिडियो खिचेर सामाजिक सञ्जालमा राखे कपीराइट ऐन अन्तर्गत कारबाही हुने जनाइएको थियो ।

    पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त सूचनाप्रति असहमति जनाएकी हुन्। उक्त सूचना प्रकाशितप्रति कोषको कुनैपनि संलग्नता नरहेको पुनको भनाइ छ।

    images

    सहमतिमा पशुपति क्षेत्र विकास कोषको सहमति नभएपनि तोड्नका लागि कोषको बैठक बस्नुपर्ने उनले बताइन्। ‘हामी नआउँदै सहमति भएको रहेछ। त्यसलाई तोड्नका लागि परिषद् बैठक बस्नुपर्‍यो। एक जनाले तोडियो भनेर भएन,’ उनले भनिन् ।  

    भएको सहमति अनुसार बुढासुब्बाले पशुपतिनाथको कोर क्षेत्रमा कपीराइट लगाउन पाएपनि गंगा आरतीमा भने लगाउन नपाउने पुनको भनाइ छ। ‘गंगा आरती हामीले चलाएको होइन। त्यहाँ ब्राह्मणहरु हाम्रो कोषका कर्मचारी होइनन्। न हामीले स्वीकृति देखिएको हो। हाम्रो घरै होइन भने हामीले कसरी बहालमा दिन्छौँ,’ पुन भन्छिन्, ‘परिसर हाम्रो हो। सम्पत्ति हाम्रो हो। तर, कार्यक्रम पशुपतिनाथ बागमती आरती समितिले सञ्चालन गरेको हो। त्यसमा हाम्रो संग्नता छैन। त्यसैले त्यसको कपीराइट हामीले दिने कुरा होइन।’ 

    May be an image of text

  • सम्बन्धित विषय:

  • # पशुपति