मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डद्वारा आजपा अध्यक्ष साहसंगको भेटमा माग सम्बोधन गर्ने प्रतिबद्धता

एक्सप्रेस पाना
पौष २०, २०८० शुक्रबार
  • 432
    SHARES
  • प्रधानमन्त्री प्रचण्डद्वारा आजपा अध्यक्ष साहसंगको भेटमा माग सम्बोधन गर्ने प्रतिबद्धता

    काठमाडौं, पुस २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहका बीचमा भेटघाट भएको छ। काठमाडौं सिंहदरबारमा आज प्रधानमन्त्री प्रचण्ड र आजपा अध्यक्ष साहका बीचमा समसामयिक राजनीतिक बिषयमा छलफल भएको छ। 

    images

    ‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजी’ गर्नुपर्ने लगायतका माग गर्दै आजपाले भन्सार विभागमा धर्ना तथा घेराउ गर्दै आएको बिषयमा समेत प्रधानमन्त्री प्रचण्ड र आजपा अध्यक्ष साहका बीचमा छलफल भएको छ। 

    प्रधानमन्त्री प्रचण्डले आजपा अध्यक्ष साहसंग आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गर्दै सरकारको तर्फबाट दुई दिनभित्रमा आफूले माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको बालुवाटार स्रोतले जनाएको छ।  

    images

    भेटमा अध्यक्ष साहले भन्सारबाट पुरस्कारको नाममा अन्यले लिदै गरेको कमिशनको व्यवस्था हटाउदा देश र सरकार नै बलियो हुने र देशलाई समृद्ध बनाउँनका लागि सरकारलाई मदत पुग्ने प्रधानमन्त्री प्रचण्डलाई बताए। राज्यको राजस्वमा जम्मा हुनुपर्ने रकम पुरस्कारको नाममा व्यक्तिहरुको खातामा गईरहेकाले त्यसलाई रोक्नुपर्ने सुझाव उनले दिए। 

    भन्सारले लिने राजस्व उठाउँने लक्ष्य नभेटाउँनुमा पुरस्कारको नाममा रकम बाडने कारण पनि रहेको उनले जनाएका छन्। त्यसैले यस्ता व्यवस्थाको अन्त्य गर्नुपर्नेमा प्रधानमन्त्री प्रचण्ड पनि सकारात्मक रहेको बताइएको छ।