आइतबार, कार्तिक १६ गते २०८३
images
images

फिस्टो मार्न किन मेसिनगन प्रयोग गर्ने गुलेली मटेङग्रा नै काफी : सुदन किराती

एक्सप्रेस पाना
आश्विन ८, २०७८ शुक्रबार
  • 514
    SHARES
  • फिस्टो मार्न किन मेसिनगन प्रयोग गर्ने गुलेली मटेङग्रा नै काफी : सुदन किराती

    असोज ८ काठमाडौं । नेकपा माओवादीका केन्द्रका सांसद एवम् केन्द्रीय सदस्य सुदन किरातीले एमाले नेता रामबहादुर थापा ‘बादल’लाई पार्टी अध्यक्ष प्रचण्डसँग नभई आफूसँग आगामी निर्वाचनमा लड्न चुनौती दिएका छन्।

    images

    उनले शुक्रबार प्रचण्डसँग चुनावमा लड्ने बादलको अभिव्यक्तिपछि सासंद किरातीले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘फिस्टो मार्न किन मेसिनगन प्रयोग गर्ने गुलेली मटेङग्रा नै काफी ! सुदन किराती भर्सेस राम बहादुर थापा ।’

    चितवन पुगेका बादले सञ्चारकर्मीसँग यस्तो भनेका थिए–‘यो विषयमा अहिले हाम्रो पार्टीले निर्णय गरेको छैन। आगामी दिनमा चुनाव घोषणा भइसकेपछि पार्टीले निर्णय गर्नेछ । त्यो स्थितिमा प्रचण्ड भर्सेस बादल पनि हुन सक्छ ।’

    images