मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राष्ट्रियसभा निर्वाचनः सातै प्रदेशमा मतदान जारी, परिणाम पनि आजै आउने

एक्सप्रेस पाना
माघ ११, २०८० बिहीबार
  • 228
    SHARES
  • राष्ट्रियसभा निर्वाचनः सातै प्रदेशमा मतदान जारी, परिणाम पनि आजै आउने

    काठमाडौँ, ११ माघ । राष्ट्रियसभाको १९ सदस्यका लागि आज सात प्रदेशका सम्बन्धित राजधानीका तोकिएका मतदानस्थल र केन्द्रमा मतदान भइरहेको छ।

    images

    निर्वाचन आयोगले आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदानका लागि समय निर्धारण गरेको छ भने मतदान सकिने बित्तिकै गणना प्रारम्भ गर्ने बताएको छ। आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीका अनुसार सातै प्रदेशमा  मतदान भइरहेको छ। आजै परिणाम सार्वजनिक हुनेछ। 

    राष्ट्रियसभा सदस्यका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ।

    images

    हाल कायम प्रदेशसभा सदस्य पाँच सय ४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार चार सय ९८ मतदाता रहेका छन्। प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कुल मतभार ५७ हजार पाँच सय ५९ हुनेछ।