मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेशबाट सत्तागठबन्धनका उम्मेदवार विजयी

एक्सप्रेस पाना
माघ ११, २०८० बिहीबार
  • 316
    SHARES
  • सुदूरपश्चिम प्रदेशबाट सत्तागठबन्धनका उम्मेदवार विजयी

    सुदूरपश्चिम, ११ माघ । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका 5g\. नेपाली कांग्रेसका बलदेव बोहरा र नारायणदत्त भट्ट र नेकपा (माओवादी केन्द्र)का रेनु चन्द विजयी हुनुभएको छ। 

    images

    आज धनगढीमा सम्पन्न निर्वाचनमा अन्य समूहतर्फबाट बोहरा, अपाङ्गताको समूहबाट भट्ट र महिला समूहमा चन्द विजयी हुनुभयो। 

    अन्य समूहमा बोहराले चार हजार तीन सय २८ मतभार प्राप्त गर्दा नेकपा (एमाले)का उम्मेदवार ईश्वरीप्रसाद खरेलले एक हजार छ सय ९६ मतभार प्राप्त गर्नुभयो। अपाङ्गताका समूहमा भट्टले चार हजार चार सय १९ मतभार प्राप्त गर्दा प्रत्याशी रामचन्द्र जोशीले एक हजार पाँच सय १९ मतभार प्राप्त गर्नुभयो। साथै महिला समूहमा विजयी चन्दले चार हजार चार सय ५३ र प्रत्याशी सावित्रादेवी घिमिरेले एक हजार पाँच सय ७१ मतभार पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिनुभयो। 

    images

    कूल ५२ प्रदेशसभा सदस्य र एक सय ७३ पालिका तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदानमा सहभागी हुनुभयो। साथै दुई जना जनप्रतिनिधि अनुपस्थित रहनुभयो । 

    त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा बझाङका प्रदेशसभा सदस्य नेपाली कांग्रेसका तर्फबाट निर्वाचित पृथ्वीबहादुर सिंहको केही महिनाअघि सवारी दुर्घटनामा निधन भएको थियो । त्यसैगरी यही माघ ४ गते बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको थियो।

    प्रदेशसभा सदस्य मतदातातर्फ एक मत र पालिका तहका प्रमुख उपप्रमुख अध्यक्ष उपाध्यक्ष मतदातातर्फ दुई मत बदर भएका छन्।

    धनगढीस्थित प्रदेशसभा सचिवालय परिसरमा मतदानस्थल तोकिएको थियो । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यमा महिला कोटाबाट निर्वाचित नेकपा (एमाले)की इन्दु कडरिया (कञ्चनपुर), अपाङ्गता तथा अल्पसङ्ख्यक कोटाबाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का महेशकुमार महरा (डडेलधुरा) र अन्य कोटाबाट निर्वाचित नेकपा (माओवादी केन्द्र) कैलालीका हरिराम चौधरी (उत्सव)को पदावधि आगामी फागुनमा सकिन लागेकाले यी तीन पदका लागि निर्वाचन भएको हो । 

    मतदाताका रुपमा रहेका प्रदेशका सबै नौ जिल्लाका ८८ पालिका तहका प्रमुख, उपप्रमुख/अध्यक्ष, उपाध्यक्ष गरेर एक सय ७६ रहेका थिए। कूल मतदाता दुई सय २७ थिए। 

    प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका (निधन भएका एकजनाबाहेक) १८ सदस्य छन्। नेकपा (माओवादी केन्द्र)का ११, नेकपा (एमाले)का दश, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र स्वतन्त्र एक सदस्य छन्। 
      
    यसैगरी, पालिका तहका प्रमुख उपप्रमुख÷अध्यक्ष उपाध्यक्षमा सबैभन्दा बढी सङ्ख्यामा नेपाली कांग्रेसका छन्। दोस्रो स्थानमा नेकपा (एमाले) र तेस्रो स्थानमा (माओवादी केन्द्र) छ।