मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राष्ट्रियसभा निर्वाचन: गण्डकीका तीनै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

एक्सप्रेस पाना
माघ ११, २०८० बिहीबार
  • 234
    SHARES
  • राष्ट्रियसभा निर्वाचन: गण्डकीका तीनै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

    राष्ट्रियसभा सदस्यमा गण्डकी प्रदेशबाट गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्।

    images

    बिहीबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार अन्य क्लस्टरमा नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ, महिला क्लस्टरमा नेकपा माओवादीबाट मनरुपा शर्मा र अपांगता क्लस्टरमा नेपाली कांग्रेसका पदम परियार निर्वाचित भए।

    अन्य क्लस्टरतर्फ श्रेष्ठले ३ हजार ८०८ र एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४७७ मतभार पाए। महिला क्लस्टरतर्फ शर्मा ३ हजार ६६० मतभार र एमालेकी सम्झना देवकोटाले २ हजार ५५३ मतभार प्राप्त गरिन्।

    images

    अपांगता क्लस्टरतर्फ कांग्रेसका परियार ३ हजार ७ सय ७४ र एमालेका उम्मेदवार हेमन्त शेरचनले २ हजार ४ सय ५८ मत प्राप्त गरे।