मंगलबार, कार्तिक १८ गते २०८३
images
images

लुम्बिनीबाट माओवादीका सुवेदी र काँग्रेसका सापकोटा विजयी

एक्सप्रेस पाना
माघ ११, २०८० बिहीबार
  • 257
    SHARES
  • लुम्बिनीबाट माओवादीका सुवेदी र काँग्रेसका सापकोटा विजयी

    काठमाडौँ, ११ माघ । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा गठबन्धनका उम्मेदार विजयी भएका छन्।

    images

    बिहीबार सम्मन्न निर्वाचनको मतपरिणामअनुसार महिला क्लस्टरमा नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य कलस्टरमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन्।

    नेकपा एमालेबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री, तुलसा कुमारी केसीले उम्मेदवारी दिएका थिए भने राप्रपाबाट विजया लक्ष्मी सिंह र जनमत पार्टीबाट बालगोविन्द चौधरी उम्मेदवार थिए।

    images

    विजयी बिष्णुकुमारी सापकोटाले ५४३५ मत भार प्राप्त गरी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन्। उनलाई सत्तारुढ गठबन्धन दलको समर्थन रहेको थियो।

    उनीसँगै प्रतिस्पर्धा गरेकी नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरेकी छन्।