मंगलबार, कार्तिक १८ गते २०८३
images
images

जनताका समस्या बुझ्न समुदायमा कांग्रेस अभियान

एक्सप्रेस पाना
माघ १५, २०८० सोमबार
  • 226
    SHARES
  • जनताका समस्या बुझ्न समुदायमा कांग्रेस अभियान

    चितवन, १५ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा गोविन्द पोखरेलले कांग्रेसले सुरु गरेको ‘समुदायमा कांग्रेस’ अभियानमा तल्लोतहका नागरिकका कुरा सुनिने बताउनुभएको छ। 

    images

    प्रेस युनियनका जिल्लास्थित पत्रकारसँग आज यहाँ भएको अन्तक्र्रियामा पोखरेलले यस अभियानमा नेताको भाषण सुन्ने नभएर जनताका कुरा सुन्ने बताउनुभयो। गाउँगाउँमा पुगेर आम नागरिकका धारणा लिएर पार्टीले नीति बनाउने उहाँको भनाइ थियो। 

    विपी कोइरालाले जनतासँग धारणा बुझेर नीति बनाएका भन्दै नेता पोखरेलले अहिलेको परिवेश अनुसार कांग्रेस अघि बढ्नलाई अभियान सार्थक हुने विश्वास व्यक्त गर्नुभयो। बसाइँसराइ, प्रविधिको हस्तक्षेप, अन्तर्राष्ट्रिय ज्ञानलगायत विविध परिवेश फेरिएको भन्दै उहाँले सोही अनुसार अघि बढ्न अभियान गरिएको बताउनुभयो। 

    images

    चितवन जिल्लाका पार्टी सभापति राजेश्वर खनालले अभियानमा जिल्लाका नेता÷कार्यकर्ताका भूमिकाका बारेमा जानकारी गराउनु भएको थियो। यही माघ १३ गतेदेखि सुरु भएको अभियान २६ गतेसम्म सञ्चालन हुनेछ।