आइतबार, कार्तिक १६ गते २०८३
images
images

तालिवानले अपहरणकारीको हत्यापछि शव सार्वजनिक स्थानमा झुण्ड्यायो

एक्सप्रेस पाना
आश्विन १०, २०७८ आइतबार
  • 410
    SHARES
  • तालिवानले अपहरणकारीको हत्यापछि शव सार्वजनिक स्थानमा झुण्ड्यायो

    एजेन्सी । अफगानिस्तानमा तालिबानले चार व्यक्तिको हत्या गरेर शव सार्वजनिक स्थानमा झुण्ड्याएको छ । हेरात सहरमा चारजनाको हत्या गरी उनीहरुको शव स्थानीय चौरहरुमा झुण्ड्याइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    images

    हत्या गरिएका व्यक्ति अपहरणकारी रहेको र चेतावनीस्वरुप शव सार्वजनिक स्थानमा झुण्ड्याइएको तालिबानले बताएको छ । तालिबानका नेता मुल्ला नूरुद्दिन तुराबीले यही हप्ता आफ्नो शासन व्यवस्थामा सार्वजनिक स्थानमा नभए पनि मृत्युदण्ड र शरीरका अंग काट्नेसहितका गम्भीर सजाय हुने बताएका थिए । त्यसको केही दिनपछि नै चारजनाको हत्या गरेर सार्वजनिक स्थानमा झुण्ड्याइएको हो । अमेरिकाले शरीरका अंग काट्नेसहितका सजायको घोषणा तालिबानले गरेपछि त्यसको निन्दा गरेको थियो ।