मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कांग्रेस महामन्त्री गगन थापाको संवाद यात्रा स्थगित

एक्सप्रेस पाना
माघ २३, २०८० मंगलबार
  • 283
    SHARES
  • कांग्रेस महामन्त्री गगन थापाको संवाद यात्रा स्थगित

    काठमाडौँ, माघ २३ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले 'मेची महाकाली संवाद यात्रा' तत्कालका लागि स्थगित गरेका छन्।

    images

    पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको गएराति निधन भएकाले संवाद यात्रा स्थगित गरिएको हो।

    झापाका पुराना र प्रभावशाली नेता बुढाथोकीको निधनप्रति महामन्त्री थापाले गहिरो दुःख व्यक्त गरेका छन्।

    images

    झापाबाट यही माघ १३ गते सुरु भएको संवाद यात्रा हुलाकी मार्ग हुँदै नवलपरासीको गोपीगन्जसम्म पुगेको थियो। उनको यो संवाद यात्रा यही २६ गते धनगढीमा पुगेर समापन गर्ने कार्यक्रम रहेको थियो।

    उनले नेपाली कांग्रेसले सञ्चालन गरेको समुदायमा कांग्रेस अभियान अन्तर्गत नै आफ्नो मेची महाकाली संवाद यात्रा सञ्चालन गरेका थिए । उनले यात्राका क्रममा स्थानीय बासिन्दासँग विकास निर्माण, स्थानीय समस्या र असल अभ्यासका बारेमा छलफल गर्दै आएका छन्। स्थगित भएको कार्यक्रम पछि समय मिलाएर निरन्तरता दिइ समापन गर्ने उनको सचिवालयले जनाएको छ।