मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सरकारले लय समात्न सकेन- कांग्रेस महामन्त्री थापा

एक्सप्रेस पाना
माघ २४, २०८० बुधबार
  • 248
    SHARES
  • सरकारले लय समात्न सकेन- कांग्रेस महामन्त्री थापा

    काठमाडौँ, माघ २४ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले लय समात्न नसकेको बताएका छन्।

    images

    बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सरकारले लय समात्न नसकेको र सरकार निकायप्रति जनताको विश्वास गुम्दै गएको बताएका हुन्। 

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना केही कमजोरी स्वीकारेर नयाँ संकल्प गरे पनि लय भने समात्न नसकेको उनको भनाइ छ। 

    images

    साथै सरकारी निकाय अड्डा अदालत, प्रहरी, प्रशासन, दल, वित्तीय संस्थाप्रति जनताको विश्वास गुम्दै गएको पाइएको भन्दै उनले जनतामाझ टुटेको भरोसालाई जागृत गराउन संसद सक्षम हुनुपर्ने बताए।