मंगलबार, कार्तिक १८ गते २०८३
images
images

फागुन ६ मा संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

एक्सप्रेस पाना
माघ २४, २०८० बुधबार
  • 310
    SHARES
  • फागुन ६ मा संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

    काठमाडौँ, माघ २४ । आउँदो ६ फागुनमा बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर गर्ने कार्यक्रम राखिएको छ। 

    images

    बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर मितिबारे जानकारी गराएका हुन् । 

    यसका लागि २ फागुन दिउँसो ३ बजेभित्र सांसदहरूले लिखित प्रश्न दर्ता गराउनुपर्ने सभामुख घिमिरेले जानकारी दिए । 

    images

    प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते बिहान ११ बजे बस्नेछ ।