मंगलबार, कार्तिक १८ गते २०८३
images
images

एमाले धादिङको अध्यक्षमा त्रिपाठी निर्वाचित

एक्सप्रेस पाना
फाल्गुण ४, २०८० शुक्रबार
  • 222
    SHARES
  • एमाले धादिङको अध्यक्षमा त्रिपाठी निर्वाचित

    मलेखु । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धादिङको अध्यक्षमा पुनः भूमि त्रिपाठी निर्वाचित भएका छन् । आज सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट त्रिपाठी तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
    अध्यक्षका लागि प्रतिस्पर्धामा रहेका रामकुमार अधिकारीलाई ७१ मतले पराजित गर्दै त्रिपाठी निर्वाचित भएका हुन् । 

    images

    त्रिपाठीको पक्षमा तीन सय नौ र अधिकारीको पक्षमा दुई सय ३८ मत खसेको थियो । एक सय पाँच सदस्यीय जिल्ला कमिटिको उपाध्यक्षमा अर्जुन श्रेष्ठ ९गोर्खाली०, सचिवमा राधिका सापकोटा, महिला उपसचिवमा उर्मिला रेग्मी, खुला उपसचिवमा भक्तबहादुर लामिछाने निर्वाचित भएका छन् ।